काठमाडौं । सुनको मूल्यले आज फेरि हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको छ ।
यसअघि यही भदौ ५ गते १ लाख ५३ हजार पुगेर सुन केही सस्तिएका थियो । मंगलबार तोलको १ लाख ५२ हजार ३ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेको हो ।
चाँदीको मूल्य आज तोलाको एक हजार ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य १ हजार ८५० रुपैयाँ थियो ।
