वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले १ करोड ३१ लाख भन्दा बढीको बिलबिजक भन्दा बढी भन्सार छलीको सामानसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट प्रहरीले वीरगञ्जदेखि चितवन र कैलालीतर्फ जाँदै गरेका दुईवटा ट्रक नियन्त्रणमा लिएको हो ।
प्र.७ ०१–००१ ख ३०८८ र ना.३ ख ५१६५ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताए । उनकाअनुसार प्रहरीले दुवै ट्रकबाट बिलविजक भन्दा बढीका कपडा, औषधी तथा खुद्रा सामान बरामद गरेको छ ।
बरामद गरिएको करिब १ करोड ३१ लख १५ हजार ६९८ रुपैयाँ बराबरको सामानलाई ट्रकसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।
