काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै,बुधबार चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।



