काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ । बुधबार तोलामा एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो ।
