काठमाडौं । पाँच वटा जिल्लामा हैजाको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ४७ जनामा हैजा देखिएको छ ।
यसअघि ललितपुर, काठमाडौं, कैलाली, प्युठानमा सङ्क्रमित भेटिएकोमा पछिल्लो पटक रुपन्देहीमा हैजाको सङ्क्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ ।
यस्तै, कैलालीमा आठ जना, काठमाडौं र प्युठानमा समान दुईरदुई जना र रुपन्देहीका एक जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीका निर्देशक डा।यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो ।
हैजा थप फैलिँदै गएको छ । यो ‘भिब्रियो कोलेरा’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सुरक्षित पानी पिउन र सरसफाइमा ध्यान दिन डाक्टरको सुझाव छ ।
