वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलीका चुकुन्दर सहित पिकप नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नंं. १४ गण्डक चोकस्थित सडकखण्डबाट पिकप सहित चुकुन्दर नियन्त्रणमा लिएको हो । बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको मालवाहक पिकअप काठमाडौँतर्फ जादैँ गरेको खबर प्रहरीलाई आएको थियो ।
सोही सूचनाको आधारमा जाँच गर्दा प्रदेश ३–०१–०२४ च ३५८९ नम्बरको पिकअपमा लोड रहेका सामानको बिल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमार बिक्रम थापाले जनाए । बरामद सामग्रीको मूल्यांकन ३४ हजार ८ सय कायम गरि आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।
