काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका बिषयमा फैलाइएको भ्रममा नपर्न आग्रह गर्नुभएको छ । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा मनोनित भएका पदाधिकारीका साथै अन्य केन्द्रीय सदस्यहरु लाई पद तथा गोपनियताको सपथ गराउदै ओलीले देश र जनताको हितका लागि आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने भन्दै अहिले संशोधनका बिषयमा भ्रम फैलाउन खोजिएकाले भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।
अहिलेको समिकरणले संविधान संशोधनको कुरा गर्दा प्रतिगमनको मुद्दा बोकेर हिडेका पार्टीले स्टन्डबाजी गर्न खोजेको उहाले बताउनुभयो । ओलीले एमाले सहि बिचार बोकेर देश केन्द्रीत,परिवर्तन केन्द्रीत कार्यक्रमका साथ अघि बढ्ने उल्लेख गर्नुभयो । उहाले लोकतन्त्रमा नाममा पार्टीभित्र गुटबन्दी भए पार्टी समाप्त हुने जिकिर गर्नुभयो ।
एमालेभित्र कुनैपनि प्रकारको गुटबन्दी स्वीकार्य नहुने उहाको भनाइ छ । यसअघि बसेको एमाले सचिवालय बैठकले एकजनालाई उपाध्यक्ष, दुईजनालाई स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।



