काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बनेको आरोप लगाउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मोदीले वर्तमान सरकार गठन हुनेबितिकै देखिएका गतिविधिले भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बनेको देखिएको बताउनुभएको हो ।
मोदीले भ्रष्टाचारका बिभिन्न प्रकरणलाई अहिलेको गृहमन्त्रीले निरन्तरता दिनुहुन्छ की हुन्न भन्ने हेर्न बाँकी रहेको उल्लेख गर्नुभयो । उहाले भ्रष्टाचार र सुशासनका लागि आफ्नो पार्टी निरन्तर लाग्ने समेत बताउनुभयो । त्यस्तै मोदीले ठूलो संघर्ष र बलिदानबाट नयाँ संविधान बनेको भन्दै कुनै अमुक पार्टीले संशोधन गर्न खोजे प्रतिरोध गर्ने चेतावनी दिनुभयो । उहाले जनताको चाहाना, इच्छा र अधिकारलाई कसैले मार्न नपाइने बताउनुभयो ।
