काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै चूनाव लडेर जित्ने उदेश्यका साथ अघि बढ्ने बताउनुभएको छ । आइतबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आगामी दिनमा पार्टीलाई रुपान्तरण सहित गतिशिल बनाउदै ८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उदेश्यका साथ पार्टीमा छलफल चलिरहेको बताउनुभएको हो ।
उहाले आफु नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक बिकासको बाटोमा काम गरिरहदा सुशासनको डरमा भ्रष्टहरु मिलेर आफु नेतृत्वको सरकारलाई ढालेको उल्लेख गर्नुभयो ।
आफुहरु सरकार छाड्दा बिजेताका रुपमा निस्केको र सरकारमा जानेहरु हारेजस्तो देखिएको उहाले बताउनुभयो । प्रचण्डले सरकारबाट बाहिरिएपछि पार्टीलाई बलियो बनाउदै संगठन विस्तारमा ध्यान केन्द्रीत गर्ने अवसर प्राप्त भएको धारणा राख्नुभयो ।
कार्यक्रममा एमाले, कांग्रेस, रास्वपा लगाएत दलमा आवद्ध कार्यकताहरु माओवादी प्रवेश गरेका थिए ।
