वीरगञ्ज । बारा प्रहरीले हुन्डीको १० लाख बढीको रकम सहित २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा फेटा गाउँपालिका वाड न. ६ पुरैनिया बस्ने अन्दाजी ४१ वर्षीया सैदुल्ला मियाँ ठकुरी र सोही वडा बस्ने २२ वर्षीया बागर अंसारी रहेका छन् ।
विशेष सूचनाको आधारमा सोमबार ईलाका प्रहरी कार्यालय छतवाबाट प्र. ब. ना. नि. सनतोष के।सि।को कमाण्डमा खटिएको प्रहरीको टोलीले जिल्लाको विश्रामपुर गाउँपालिका वाड न. १ घोडासहन नाकाबाट स्रोत खुल्न नसकेको रकम सहित उनीहरुलाई नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता एमम् डिएपी दधिराम न्यौपानेले एनपीडीलाई बताएको छ ।
भारतबाट नेपालमा स्रोत नखुलेको रकम ओसार पसार गर्ने क्रममा ना ३८ प ४५६३ नम्बरको मोटरसाइकलमा लुकाई छिपाई विभिन्न दरको १० लाख २० हजार नेपाली रुपैयाँ हुन्डीको रकम उनीहरुको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि हुण्डी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले जनाएको छ ।



