काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेको छ । आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ आज एक सय रूपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आइतबार चाँदी प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो ।



