काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवैलाई न्याय हुने गरि सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा छिटै पारित हुने बताउनुभएको छ । २३ औं मजदुर बलिदान दिवसका अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उपसमिति र समिति हुँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी भइरहेको र पिडितलाई न्यायहुने गरि कानूनको टुङ्गो लाग्ने बताउनुभएको हो ।
जनयुद्धका सहिदहरुलाई राज्यबाट दिइने सेवा सुविधा लगाएतका सवै बिषय विधेयकमा समेटिएको भन्दै प्रचण्डले सवैको न्यायोचित सम्मान हुने धारणा राख्नुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएपछि सवैले गरेको बलिदानको उच्च मूल्याङ्कन हुने उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी कुरा टुङ्गीएपछि जनयुद्ध दिवसको विदा हुने विश्वास व्यक्त गर्नुभयो । उहाले मजदुरहरु आन्दोलित नभएको भए मुलुकको परिवर्तन असम्भव रहेकाले मजदुर बलियानी दिवसको निकै महत्व रहेको बताउनुभयो ।
