वीरगञ्ज । वीरगञ्जबाट ५ लाखबढी मूल्यका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा वीरगञ्जको रजतजयन्ती चोकबाट प्रहरीले भनसार छलीका खाद्यान्न र लत्ताकपडा बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएका प्रहरी टोलीले ५ लाख ३ सय ७० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिएसपी दीपक भारतीले जानकारी दिए । बरामद भन्सार छलीका सामानहरु आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।




