काठमाडौं । स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित काठमाडौं महानगरपालिकाको सुन्धाराबाट एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । साथै प्रहरीले बाप्र२०४८प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ ।
