वीरगञ्ज । बारामा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज बिहान जितपुरसिमर उपमहानगरपालिका–१६ मा मलङगवाबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना ४ ख ७१९४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् ।
ओभरटेक गरेर अगाडी जान खोज्दा चक्का चिप्लिएर अनियन्त्रित भइ सडक छेउमा पल्टिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।
उनका अनुसार दुर्घटनामा १ जना महिला गम्भिर घाइते भएकी छन् । रौतहटकी अन्दाजी ४२ वर्षकी सन्झा देवी गम्भिर घाइते भएकी हुन् । यस्तै दुर्घटनामा ३ जना मध्यम र अन्य सामान्य घाइते भएका प्रहरी बताउँछ । घाइतेहरुको सिमरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।
प्रहरीले बसका सहचालक मलङगवाका राकेश कुमार साहलाई नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले उनको खोजी भइरहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
