काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले अव बन्ने सरकार संविधानकै धाराबाट बन्ने बताउनुभएको छ ।मंगलबार प्रतिनिधिसभा रिजालले बालाजुको बाइसे धाराबाट नभइ संविधान कै धाराबाट केपी ओली नेतृत्वको सरकार बन्ने भएकाले चिन्ता नगर्न सुझाव दिनुभयो ।
राजनीतिक स्थीरताका लागि नै एमालेले कांग्रेससंग सहकार्य गरेको उहाले बताउनुभयो । उहाले प्रधानमन्त्री प्रचण्डको व्यवहार अस्थीर देखिएको र एमालेप्रति नै घात हुने संकेत देखिएको जिकिर गर्नुभयो । प्रचण्डले चार पटक सदनबाट विश्वासको मत लिनुपर्ने अवस्थाको आत्मसमिक्षा गर्नुपर्ने उहाको भनाइ छ ।
त्यस्तै रिजालले प्रचण्ड नेतृत्वको सरकारबाट राजनीतिक स्थायीत्वका साथै लोकतन्त्र सुदृढ हुदैन भन्ने निष्कर्ष एमालेको रहेको बताउनुभयो ।
