काठमाडौं । ललितपुरको बालकुमारीमा दुईजनाको ज्यान जानेगरि भएको घटनामा दोषि देखिएकालाई कारवाही गर्न माग गर्दै रास्वपा र राप्रपाले विरोध जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद विराजभक्त श्रेष्ठले बालुकुमारी घटनाको प्रतिवेदन लुकाएर सरकारले दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउनुभयो । उहाले उक्त प्रतिवेदन सार्वजनिक गर्न माग समेत गरेका छन् ।
सांसद श्रेष्ठले सरकार संसदप्रति जिम्मेवार नरहेको आरोप लगाउनुभयो । सांसद श्रेष्ठले घटनामा दोषी रहेका मन्त्रीलाई कारवाही नभए रास्वपाले संसद अवरुद्ध गर्ने चेतावनी दिनुभयो । त्यस्तै राप्रपा सांसद ज्ञानबहादुर शाहीले बालकुमारी घटना हत्या भएको प्रधानमन्त्रीले नै बताएको भन्दै मन्त्री प्रकाश ज्वाला र गोली चलाउन आदेश दिने गृहमन्त्रीलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।
उहाले अदालतले पक्राउ पूर्जी जारी गरेका व्यक्तिहरु प्रधानमन्त्रीसंग चिया खाइरहेको भन्दै प्रधानमन्त्री देशको अदालत भन्दा माथि हो भन्दै प्रश्न गर्नुभयो । त्यस्तै सांसद शाहीले ललिता निवास प्रकरणमा ठूला व्यक्तिहरुले उन्मुक्ति पाएको र व्यापारिलाई व्ल्याकमेलका लागि पक्राउ गरिएको जिकिर गर्नुभयो ।
