काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस हुनुभएका कृष्णमान प्रधानको सुनुवाई केहि दिनका लागि रोकिएको छ । सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाई समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाईका लागि थप समय लिने निर्णय गरेको समिति सभापति पशुपतिशम्सेर जवराले जानकारी दिनुभयो ।
प्रधानबिरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासंग छलफल गरेको थियो । उजुरीकर्ताको आग्रहमा गोपनियता कायम गरि गरिएको छलफलका क्रममा गम्भीर बिषयहरु उठेकाले त्यसमा अध्ययन गर्न थप समय लिने र त्यसपछिमात्रै सुनुवाई गर्ने सभापति जवराले बताउनुभयो ।
प्रधानबिरुद्ध यौन दुव्र्यवहार लगाएतका उजुरी परेका छन् । संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।
