वीरगञ्ज । वीरगञ्जमा स्कुटरको ठक्करबाट एक पैदल यात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ सुखचैनाकी ३५ बर्षिया गीता देवी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, आइतबार परवानीपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२७ प ८०९३ नम्बरको स्कुटरले गण्डक चोकस्थित सडकमा पैदलयात्री गीता देवीलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते उनलाई उपचारका लागि नारायणी बयोधा मेडिसिटिी हस्पिटलमा पुरयाइएकोमा उपचारकै क्रममा आइतबारराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने स्कुटर र त्यसका चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अअगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
