काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कांग्रेस र रास्वपाले भन्दै आएको समाजवादले जनता खुसी हुन नसक्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै विप्लवले कांग्रेस र रास्वपाले भन्दै आएको भन्दा अग्रगमन दिनसक्ने समाजवादमा बहस गर्नुपर्ने समेत बताउनुभयो ।
समाजवादी गणतन्त्र, समाजवादी संघीयतामा नेपालका सबै पुराना पार्टीका नेताहरुले छलफल गर्नुपर्ने उहाले बताउनुभयो । उहाले आफुहरुको ध्यान नेपालको कम्युनिष्ट आन्दोलनलाई २००६ सालमा फकाएर नयाँ एकताको सुरुवात गर्नुपर्नेमा रहेको उल्लेख गर्नुभयो ।
विप्लवले देशको स्वाधिनताको रक्षा गर्नका लागि युवाहरुले योगदान दिदै सवै दलहरुले पनि स्पष्ट दृष्टि तय गर्नुपर्ने धारणा राख्नुभयो । उहाले यथास्थितिले नेतृत्व गर्न नसके त्यसलाई जनताले फ्याँक्ने अवस्था आउने बताउनुभयो ।



