काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको बिशेष समयमा साउदले राजनीतिक भागबण्डका आधारमा राजदूत नियुक्त गर्ने र दलहरुले आवेदन नै निकाल्नेजस्ता कामले राजदूत नियुक्तिमा प्रश्न उढ्ने भन्दै राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सरकारले कुनै जानकारी नदिइ राजदूत फिर्ता बोलाउनुले कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको उहाले बताउनुभयो । उहाले राजदूत फिर्ताको निर्णय फिर्ता लिन माग समेत गर्नुभयो ।
त्यस्तै उहाले बीआरआईमा अनुदानलाई स्वीकार गर्नुपर्ने भन्दै बजारको सुनिश्चितता नभएसम्म ठूला परियोजनाहरुलाई ऋणका आधारमा अघि बढाउन नहुने धारणा राख्नुभयो । उहाले एडीबी, वल्र्ड बैंककै ब्याजदरमा ऋण लिने बिषयमा प्रधानमन्त्रीले सदनलाई विश्वासमा लिनुपर्ने र राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिनुभयो ।



