काठमाडौं । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रमा उल्लेख छ । नेपालमा ’लागूऔषध दुरुपयोगविरुद्ध लडौँ, रोकथाममा जोड दिऔं’ भन्ने नाराका साथ प्रभातफेरी निकालिएको छ ।
र्यालीपछि गृहमन्त्रालयको मूल समारोह समितिले काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले सरकार नेपाली जनता, युवाहरुलाई दूव्र्यसनीबाट जोगाउनका लागि गम्भीर रहेको बताउनुभयो ।
उहाले लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्ध जनचेतना, प्रहरी कारवाही बढाउदा पनि नियन्त्रण हुन नसकेको भन्दै त्यसमा देखिएको कमजोरीलाई निर्ममका साथ समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउने उद्देश्यले उक्त दिवस मनाउने गरिन्छ ।



