काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आइडल विजेता करण परियारलाई बधाई दिनुभएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले करणलाई बधाई दिनुभएको छ । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले परियारलाई गितार उपहार दिनुभएको थियो ।
प्रधानमन्त्री पैचण्डले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताउनुभयो । परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीसंगको भेटपछि करणले प्रधानमन्त्रीले भेट्न बोलाउदा निकै खुसी लागेको बताउनुभयो । उहाले आफुले सांगितिक क्षेत्रलाई निरन्तर अघि बढाउने पनि बताउनुभयो ।



