वीरगञ्ज । प्रतिबिन्धत लागुऔषध गाजासहित पर्सा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले २२ किलोग्राम गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।
पटेर्वा सुगोली वडा नम्बर ४ भथौडाका २९ वर्षीया कुमार चौधरीलाई प्रहरीले १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा छापामारी गर्दा उनको गोठबाट ७ पोका लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुंगेलले बताए । पक्राउ परेका उनलाई जिल्ला प्रहरीको हिराशतमा राखी उनीमाथि लागुऔषध कसुरमा म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



