वीरगञ्ज । पर्सामा गाडेको अवस्थामा दुई वटा शव फेला परेको छ । पर्साको जगरनाथपुर गाउँपालिकामा वडा नं. १ पिडारी नजिकै ओरिया खोलामा सो शव फेला परेको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बताए ।
उनले घटना स्थलमा प्रहरी टोली पुगेको एवं शवलाई उत्खन्न गरी निकाल्ने काम भइरहेको बताए । शव गली सकेको अवस्थामा रहेको हुँदा महिला पुरुष अहिले एकिन नभएको एवं थप विवरण समेत नखुलेको अध्यक्ष यादवले बताए । यद्यपी शव एउटा रहेको अथवा दुई वटा प्रहरीले पुष्टी भने गरेको छैन् ।
घटनाको बिषयमा जानकारी प्राप्त हुना साथ प्रहरी टोली घटना स्थलमा पुगेको एवं घटना वारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक मोहनचन्द बुढाथापाले बताए । जिल्ला प्रहरी कार्यालय पर्साले शव फेला परेको बारे जानकारी प्राप्त भएको बताउँदै अहिले विस्तृत विवरण नआएको जनाएको छ ।
