वीरगञ्ज । सर्वाेच्च अदालतमा विचाराधिन रहेको वीरगञ्ज महानगरपालिकाको मुख्य सडक (मेनरोड) विस्तारको मुद्दाको सुनुवाइ फेरि सरेको छ ।
त्रिभुवन राजपथअन्तर्गत वीरगञ्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ति चोक, शङ्कराचार्यद्वार हुँदै मितेरीपुल सम्मको मुख्य सडक विस्तारको मुद्दा पेशी आइतबारका लागि थियो । तर सर्वोच्च अदालतले उक्त मुद्दाको सुनुवाई फेरि हेर्न नभ्याइनेमा राखेपछि २४ ओैं पटक उक्त मुद्दाको पेशी सरेको हो ।
वीरगञ्जको मुख्य सडक विस्तारको मुद्दाको पेशी आइतबार सर्वोच्च अदालतका न्यायधिशद्वय डा.मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको सयुक्त इजलाशमा परेको भएपनि शुक्रबारकै मुद्धा सुनुवाईको निरन्तरता रहेकाले १ नम्बरमै परे पनि वीरगञ्ज सडक विस्तारको मुद्धा भने हेर्न नभ्याइनेमा रहन पुगेको सर्वोच्चका प्रवक्ता वेदप्रकाश उप्रेतीले जानकारी दिए ।



