काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले करको दायरा बढाएर राजस्व बृद्धि गर्न सकिने बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलका गुरुङले करको भार थप नगरि दायर बढाएर राजस्व बुद्धि गर्न सकिने बताउनुभएको हो ।
उहाले आफुले गाँजा खेतीका लागि कानून बनाउनका लागि पटक पटक सुझाव दिदा पनि यसलाइ प्रतिवन्ध गर्दा अवरौ राजस्व गुमिरहेको बताउनुभयो ।
औषधीजन्य पदार्थको रुपमा गाँजाको निर्यात गर्न सके दुई खर्व भन्दा बढि राजस्व उठ्ने उहाले बताउनुभयो । गुरुङले गाँजा र घरेलु मदिराका बारे सकारात्मक व्याख्या र छलफल हुनुपर्नेमा जोड दिनुभयो ।
उहाले धार्मिक, सांस्कृतिक, खेलकुदलगायत पर्यटनको सम्भावनालाई अघि बढाउनुपर्ने र चितवनको सौराहालाई हनिमुन सिटी बनाउन सुझाव दिनुभयो ।
त्यस्तै एमाले सांसद रघुजी पन्तले बजेटले राखेका लक्ष्य र उद्देश्य पुरा गर्न ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो । बजेट कार्यान्वयन हुँदा बजेटले लिएका लक्ष्य पुरा हुन्छ की हुदैन भन्ने समिक्षा गर्नुपर्ने उहाले बताउनुभयो ।
पन्तले अहिलेको बजेटलाई एमालेले समर्थन गर्ने भन्दै बजेटका योजना पुरा हुने अवस्था सिर्जना हुनुपर्ने धारणा राख्नुभयो । उहाले बजेट पूर्ण रुपमा यथार्थबादी हुन नसकेको समेत बताउनुभयो ।
त्यस्तै माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले बजेटले निर्धारण गरेका प्राथमिकताले आगामी बर्षमा मुलुकको आर्थिक अवस्था थप मजबुद हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । कृषि सिचाइ क्षेत्रमा आएका कार्यक्रमले जनतालाई आत्मनिर्भर तर्फ उन्मुख गर्ने वातावरण सिर्जना हुने उहाको भनाइ छ ।
त्यस्तै अन्य सांसदहरुले बजेटमार्फत आएका कार्यक्रमको कार्यान्वयनमा जोड दिएका थिए । उनीहरुले आर्थिक अनुशासन कायम गरेर बजेटलाइ व्यवहारिक रुपमा उतार्नसक्नुपर्ने बताएका थिए ।



