वीरगञ्ज । नेपाल पत्रकार महासँघको सदस्यता बिबाद टुँगो लगाई मात्रै निर्वाचनका कार्यक्रम अघि बढाउन महासँघका केन्द्रिय पदाधिकारीहरुले माँग गरेका छन । सोमबार एक प्रेस बिज्ञप्ति जारी गरि महासँघका पदाधिकारीहरुले आगामी नेतृत्व चयनका लागि जेठ २६ गते तोकिएको निर्वाचन कार्यक्रम सदस्यता बिबादको टुँगो लगाई मात्रै अघि बढाउन माँग गरेका हुन ।
महासँघका पाँचजना केन्द्रिय सचिवहरु गोविन्दप्रसाद चौलागाई,दीपेन्द्र चौहान,सिर्जना अर्याल,नारायणसुन्दर किलम्बू र हेमकर्ण वि।कसहित केन्द्रिय सदस्यहरु माधव पौडेल,सुभाषप्रसाद साह,उत्तर विष्ट र शन्तराम बिडारीले सँयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन ।
सदस्यता शुद्धिकरणका नाममा सञ्चारकर्ममा क्रियाशील व्यक्तिहरुको नाम नियोजित रुपमा हटाउने, नवीकरण नगर्ने र क्रियाशील पत्रकारहरुको नयाँ सदस्यता प्राप्त गर्ने अधिकारवाट समेत वञ्चित गरेर प्रकाशित गरिएको सदस्यता सूचीले महासंघको साझा चरित्र, विधि, विधान र मर्मलाई नै लत्याउने काम भएको उनीहरुकोे ठहर छ ।
महासंघको केन्द्रीय समिति बैठक तत्काल आव्हान गर्दै विधानतः संगठन समिति र केन्द्रीय समितिबाट अगाडि बढाउन पनि बिज्ञप्तिमार्फत माँग गरिएको छ ।आफुहरुले उठाएको माँगहरु २४ घण्टाभित्र पूरा नभएमा सोबाट सिर्जित समस्याको जिम्मेवारी सम्वद्ध पदाधिकारीहरुले लिनुपर्ने जानकारी समेत महासँघका केन्द्रिय पदाधिकारीहरुले गराएका छन ।
साथै नेपाल प्रस युनिकय केन्द्रिय समितिले पनि बिज्ञप्ति जारी गरि सदस्यता बिबादको टुँगो लगाएर मात्रै निर्बाचन गराउन माँग गरेको छ । आउदो जेठ २६ गते नेपाल पत्रकार महासँघले निर्बाचन कार्यक्रम तोकेको छ ।तर अधिकाँश जिल्लाहरुमा सदस्यता बिबाद उत्पन्न भएको छ ।जसका कारण महासँघको थुप्रै शाखाहरुमा तालाबन्दि समेत गरिएको छ ।




