एजेन्सी । भारत महाराष्ट्रको एक रासायनिक कारखानामा विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाईते भएका छन् । ठाणे जिल्लाको डोम्बिवलीमा रहेको फ्याक्ट्रीमा विष्फोट हुँदा वरपरका घरमा समेत क्षति पुगेको बीबीसी हिन्दीले जनाएको छ ।
महाराष्ट्र सरकारका अनुसार विष्फोटका कारण हिजो भएको आगलागीबाट अरु ३ वटा फ्याक्ट्रीमा पनि नोक्सानी भएको छ । १२ वटा गाडीमा आगलागी भएको छ ।
कामदारहरू फ्याक्ट्रीमा रसायनसँग सम्बन्धित काम गरिरहँदा आगलागी भएर विष्फोट भएको बताइएको छ । घटनापछि महाराष्ट्र सरकारले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । घटनाबारे थप छानबिन हुने खबरमा उल्लेख छ ।



