काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि १३ जेठ बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । बैठक सुरु हुनासाथ कांग्रेससहित विपक्षी दलहरूका सांसदहरूले उठेर विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले पटक-पटक आसन ग्रहण गर्न आग्रह गरे पनि विपक्षी सांसदहरूले अस्वीकार गरे । त्यसपछि सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक १३ जेठसम्मका लागि स्थगित गरेका हुन् ।



