वीरगञ्ज । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष्य कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । आज मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हो । कांग्रेसले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी हुनुमा पूर्वाग्रह राखिएको हुनसक्ने आरोप लगाएको छ । प्रतिनिधि सभा बैठकका क्रममा बोल्दै नेपाली कांग्रेसका सांसद बद्रि प्रसाद पाण्डेले पक्राउ पुर्जी प्रती आपत्ति जनाएका हुन् ।
सांसद पाण्डेले भने, ‘भर्खरै कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको मैले समाचार सुनेको छु । कानुनी कारवाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ । तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन भने कसैलाई पनि सहदैन ।



