जेठ ५, वीरगञ्ज । रगञ्जमा शुक्रबार साँझ नेबिसँघले गरेको बिरोध प्रदर्शनको क्रममा दुई पक्षबीच भएको झडपको बिषयलाई लिएर नेवि सँघले घोर भत्र्सना गरेको छ । नेबिसँघ केन्द्रिय समितिले शनिबार एक बिज्ञप्ति जारी गरि झडपको बिषयलाई भत्र्सना गरेको हो । प्रदर्शनको क्रममा सुरक्षाकर्मीहरुबाट अराजक शैलीमा शान्तिपूर्ण प्रदर्शनमा दमन, अमर्यादित र निन्दनीय घटनाले नेवि संघ केन्द्रीय कार्यसमिति स्तब्ध भएको बिज्ञप्तिमार्फत जनाइएको छ ।

साथै परिचालित व्यक्तिहरुले नेवि संघ पर्सा जिल्ला अध्यक्ष रमेश कुमार यादव एवं उपाध्यक्ष द्वय राहुल पटेल र वर्कत अली लाई कुटपिट गरि गम्भिर घाइते बनाईको घटनाको बिषयमा सत्यतथ्य छानविन गरि दोषि लाई कानुनी कठघरामा उभ्याएर कानुन बमोजिम कारवाही गर्न गृह प्रशासन संग जोडदार माग पनि नेविसँघले गरेको छ ।बिज्ञप्तिमार्फत घाईते भएका बिधार्थी नेताहरुको शिघ्र स्वास्थय लाभको कामना पनि गरिएको छ । यसैबीच घटनालाई जनता समाजबादी पार्टीसित जोडिएको भन्दै जसपा पर्साले आपति जनाएको छ । जनता समाजबादी पार्टी पर्साका सँयोजक ँिसगासन साह तेलीले शनिबार एक प्रेस बिज्ञप्ति जारी गर्दै वीरगंजमा व्यक्तिग सवारी साधनमा आगजनी गर्ने प्रयासमा संलग्न भएकाहरुलाई प्रहरीले लाठिचार्ज गर्दा घाईते भएको विषयलाई जसपाका कार्यकर्तासँग झडप भएको भनी अतिरञ्जना फैलाईएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

उनले बिज्ञप्तिमार्फत जसपाका कार्यकर्तालाई लाठि, हेलमेट प्रहार गरेकोमा उक्त कार्यको घोर भत्र्सना गर्दै संलग्नहरुलाई कानुनी कारवाही गर्न स्थानिय प्रशासन सँग जोडदार माग पनि गरेका छन । प्रदर्शनको क्रममा सर्वसाधारणको सवारीमा आगजनी गर्ने प्रयास गरेको र उक्त कार्यको भिडियो प्रमाण समेत सामाजिक सञ्जालमा आईसकेकोले दोषीलाई तत्काल पक्राउ गरी कारवाहि गर्न पनि बिज्ञप्तिमार्फत माग गरिएको छ ।



