काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ९० हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ११५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार १५० रुपैयाँ कायम भएको छ ।
