काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले लामो संघर्षको उपलव्धी नयाँ संविधानको सफल कार्यान्वयनमा जोड दिनुभएको छ । मंगलबार काठमाडौंमा नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल नामक पुस्तक लोकार्पण गर्दै यादवले अहिलेको संविधान लोकतान्त्रीक, गणतान्त्रीक, समानुपातीक समावेशी रहेको भन्दै यसको सफल कार्यान्वयनमा जोड दिनुभएको हो ।
उहाले अहिले नै संविधानको बिकल्प खोज्न नहुने बताउनुभयो । यादवले समावेशी व्यवस्थाका कारण राज्यका हरेक निकायमा सवैको प्रतिनिधित्व सुनिश्चितता भएको धारणा राख्नुभयो । मुलुकमा शान्ति प्रक्रिया स्थापना, अहिलेको लोकतान्त्रिक संविधान रक्षाका लागि पूर्व प्रधानमन्त्री नेपालले निर्वाह गरेको भूमिका सदैव नेपालीका लागि स्मरणिय रहने उहाको भनाइ छ ।
नीति तथा कार्ययोजना निर्माण कुशल र दुरदर्शी नेता नेपालसँग विसं २०४६ को जनआन्दोलनपछि आफूले चिनेको र धेरै विषयमा सहकार्य र समन्वय गरेको उहाले बताउनुभयो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले एतिहासका प्रत्येक घटनालाई संग्रह गरी प्रकाशित कृति महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताउनुभयो । उहाले इतिहासका बिषयहरुको स्मरणलाई ताजा राख्नका लागि पुस्तकमार्फत संग्राहित गर्न खाजेको उल्लेख गर्नुभयो ।
लेखक परमानन्द भट्टले लेख्नुुभएको कृतिमा संघर्षको सुरुवात र सांगठनिक नेतृत्व, नेकपा (एमाले) को अल्पमतको सरकार, विचार र संगठनमा सुद्धिकरणर सुदृढीकरण अभियान, शान्ति प्रक्रिया र गणतन्त्र लगाएतका बिषयमा लेख रचना उल्लेख गरिएको छ ।



