काठमाडौं । खराब मौसमका कारण राजधानी काठमाडौंसहित देशभरको हवाई उडान सेवा प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसममा आएको खराबी र भिजिविलिटीमा देखिएको समस्याका कारण आन्तरिक उडानहरू प्रभावित हुन पुगेका हुन् ।
भिजिविलिटी कम हुँदा विशेष गरी तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडानहरूमा समस्या देखिएको छ यसैक्रममा तुम्लिङटार विमानस्थलमा बुद्ध एयरको निर्धारित उडान पूर्ण रूपमा रद्द गरिएको छ भने भरतपुरका लागि तय गरिएका बुद्ध एयरका तीनवटा उडानहरू पनि रद्द भइसकेका छन्
यसैगरी, पोखरा विमानस्थलमा पनि मौसम अनुकूल नभएका कारण केही समयका लागि उडानहरू डिले ९ढिलाइ० भएका छन् । अन्य सुगम गन्तव्यका उडानहरू भने आंशिक रूपमा भइरहेका छन् भने अन्तर्राष्ट्रिय उडानतर्फ भने हालसम्म कुनै बाधा नपुगी सेवा सामान्य रूपमा सञ्चालन भइरहेको सम्बन्धित कार्यालयले जनाएको छ ।
