काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बसमा आगलागी भएको हो । आगलागी हुँदा बसका चालक घाइते भएको पाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गर्दै बसका चालक घाइते भएको जानकारी दिए । उद्धार गरेर अस्पताल पठाएका छौं । आगलागीको कारणबारे अनुसन्धान हुँदैछ’ ।
आगलागी भएको बस नम्बर बा ५ ख ४२७४ हो । बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा रहेको प्रहरीले बताएको छ । उनी बसभित्रै रहेका बेला आगलागी भएकाले घटना संकास्पद रहेको प्रहरीको भनाई छ ।
