वीरगञ्ज, असोज ४। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. १४ मा भएको निर्वाचनबाट विकेश कुमार पटेल क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुभएको छ।

निर्वाचित भएपछि पटेलले पार्टीको संगठनलाई थप सुदृढ बनाउने, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्ने तथा जनआकांक्षाअनुसार पार्टीका कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पटेलले पार्टीभित्र थप सशक्त भूमिका निर्वाह गर्दै स्थानीय तहमा संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने बताउनुभएको छ। उहाँको नेतृत्वमा स्थानीयस्तरमा पार्टीका गतिविधि थप सक्रिय र जनमुखी बन्ने अपेक्षा गरिएको छ।

क्षेत्रीय प्रतिनिधिमा निर्वाचित पटेललाई शुभकामना दिँदै आगामी दिनमा जनसेवा तथा सामाजिक गतिविधिमा उहाँको सक्रियता अझ बढ्ने विश्वास व्यक्त गरिएको छ। साथै, पार्टी संगठनलाई मजबुत बनाउन तथा स्थानीय जनताका अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्न उहाँले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
