काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला ३०० र चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले गिरावट आएको छ । जस अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार १०० रुपैयाँ, तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोता एक लाख ३८ ४०० रुपैयाँ, तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ७४० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।



