काठमाडौं । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा २ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको भाउ २ हजार ३०० रुपैयाँले घटेर २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ तोलामा १५० रुपैयाँले बढेर तोलाको ४ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी ४ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।
