काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।
यादवले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएसँगै उनको मन्त्री पदबाट बाहिरिने प्रक्रिया अघि बढेको हो । उनको राजीनामाको कारणबारे भने सचिवालयले थप जानकारी दिएको छैन ।
