काठमाडौं । रास्वपा सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडा खत्रीले सहिदप्रति राज्यले देखाउनुपर्ने गम्भीरता नदेखिएको बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा सहिद रसिक खतिवडाकी आमा समेत रहनुभएकी सांसद खतिवडाले जेन्जी आन्दोलन भएको एक वर्ष बित्दा देशले सहिद पाएको र एक दिन सार्वजनिक बिदा दिइएको तर सहिदप्रति राज्यले देखाउनुपर्ने गम्भीरता नदेखिएको गुनासो गर्नुभएको हो ।
उहाले जेनजी सहिद स्मृति दिवसमा प्रधानमन्त्रीलाई आउन आग्रह गर्दा बल्ल बेलुकी ७ बजे मात्र एउटा सामान्य सामाजिक सञ्जाल स्टाटस आएको बताउनुभयो । उहाले सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार? भन्दै प्रश्न गर्नुभयो । त्यस्तै उहाले सहिद परिवार र घाइते परिवारलाई भेट्न सरकारलाई अब कति वर्ष लाग्छ? भन्दै अर्को प्रश्न समेत गर्नुभएको थियो ।
सांसद खतिवडाले गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनका २३ वर्षीय छोरा रसिक खतिवडालाई गुमाएकी थिइन् । रचना रास्वपाको समानुपातिक तर्फबाट सांसदमा मनोनीत भएकी थिइन् ।
