काठमाडौं । एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो अभूतपूर्व दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म एउटा युगान्तकारी मोडका रूपमा सम्झिइनेछ। हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए ।
उनीहरूको तात्कालिक आक्रोश सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध देखिए पनि त्यसको गहिराइमा वर्षौँदेखि थुप्रिएको असन्तुष्टि, भ्रष्टाचार, नातावाद, बेरोजगारी र अवसरको असमानताप्रतिको विद्रोह थियो ।
आज भदौ २३ गते सोही ऐतिहासिक ‘जेनजी आन्दोलन’को एक वर्ष पूरा भएको छ । आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाको अमूल्य योगदानको सम्झना र सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
