काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ। सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घरबाट ती महिलाको उद्धार भएको हो। त्यस्तै हिजो त्रिशूली ३ ए को सुरुङबाट पनि २ जनाको उद्धार गरिएको थियो।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढी र पहिरोका कारण घर तथा संरचना पुरिँदा कतिपय नागरिक सम्पर्कविहीन भएका छन् भने सुरक्षा निकायले खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेका छन्।
