काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँले घटेको छ । आज सुन ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँले घटेर तोलाको ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
