काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक तथा नागरिकहरूको संख्या बढेर ६४४ पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
ट्राभल एजेन्सी र सम्बन्धित कम्पनीहरूबाट संकलन गरिएको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी १७८ भारतीय नागरिक सम्पर्कविहीन रहेका छन् भने १२७ जना नेपाली पर्यटकहरू पनि बेपत्ता सूचीमा छन् ।
यसैगरी, बाढीको चपेटामा परेका विदेशी पर्यटकहरूमा ६५ जना अमेरिकी, ५३ जना युक्रेनी, ५१ जना मलेसियाली, ३५ जना अष्ट्रेलियन, ३३ जना बेलायती र २५ जना क्यानेडियन नागरिक रहेका छन् । यसबाहेक सिंगापुर, रुस, जर्मनी, लात्भिया र दक्षिण अफ्रिका लगायतका अन्य विभिन्न देशका पर्यटकहरू पनि सम्पर्कबाहिर रहेको बोर्डले पुष्टि गरेको छ ।
