५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बस्दैछ ।
केन्द्रीय सदस्य तारमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठक बिहान ११ बजे बस्ने भएको हो ।
बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने सचिव दिनेश थापामगरले जानकारी दिए । समितिले बैठकका एजेन्डाबारे भने केही खुलाएको छैन ।
समितिमा केन्द्रीय सदस्यहरू धन खतिवडा र सुवासकुमार पोखरेल सदस्य छन् । पछिल्ला केही बैठकहरूमा नेता पोखरेल अनुपस्थित रहँदै आएका छन् ।
