वीरगञ्ज । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर ४ मा श्री विष्णु महायज्ञ सुरु भएको छ । जेठ ४ गतेसम्म चल्ने महायज्ञको पहिलो दिन बिहीबार भव्य कलशसहितको शोभायात्रापनि निकालिएको छ । जल यात्रा मा ३१५१ जना कुमारी कन्यालाई सहभागी गराईएको यज्ञ संयोजक लक्षमण साह कानूले जानकारी दिए।
जल यात्रा यज्ञ माडप बाट सुरु भई सतवरीया ,पोखरिया बजार शिव बारवा, सेमरबारी बारवा, चुरिहर्व टोला बारवा , नदीमा पूजा पाठ गरी जल भरी पोखरिया गाउँ हुँदै पुनः यज्ञ मण्डपमा पुगेको हो । सो जल यात्रामा सहभागीहरुलाई समाज सेवीहरुले ठाऊ ठाउ मा पानी , गुलियों सरबत, फ्रुटि, फल फूलहरु वितरण गरेका थिए । जल यात्रामा करीब ८ हजार देखि ९ हजार सम्म मानिसहरु सहभागी भएका छन् ।
पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको पोखरिया सतवरियाको सम्पूर्ण गाउँबासीको आयोजनामा श्री विष्णु महायज्ञ वडा अध्यक्ष लक्षमण साह कानूको अध्यक्षतामा सुरु भएको महायज्ञमा प्रमुख अतिथि संविधान सभा सांसद तथा पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान , अतिथि उप प्रमुख रूबी कुमारी ठाकुर ,संविधान सभा सदस्य रामेश्वर प्रसाद रौनियार पूर्व मेयर दीपनारायण रौनियार , नेता गौरीशंकर साह तेली , नेजामोदीन समानी नेत्री आसा देवी चौहान सकिम मिया लगाएतकाहरु सहभागी थिए ।



