काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले बढेको छ । भाउ बढेर सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा तीन लाख एक हजार ७०० रुपैयाँ पुगेको छ ।
यस्तै, आज चाँदीको भाउ बढेको छ । अघिल्लो हप्ता पनि लगातार बढेको चाँदी आज कारोबार हुने हप्ताको पहिलो दिन आइतबार तोलामा ६५ रुपैयाँले बढेको हो । महासंघकाअनुसार चाँदी आज तोलाको चार हजार ६४५ रुपैयाँ पुगेको छ ।
