वीरगञ्ज । वीरगञ्जबाट प्रसारण हुने एस एव टेलिभिजन नेटवर्क प्रा.लि. (ए न्युज टेलिभिजन) का सञ्चालक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीको तस्बिर दुरुपयोग गरी फेसबुकमा फेक आईडी बनाइएको छ।
प्राप्त जानकारीअनुसार शुक्रबार साँझ करिब ७–८ बजेर आज ११: ५० मिनेट को समयमा अज्ञात व्यक्तिले अशोक तिवारीको फोटो प्रयोग गर्दै “Nitish Rajput” नामबाट फेसबुकमा नक्कली (फेक) आईडी सिर्जना गरेको हो।
भन्ने आज करिब ११: ५० मिनेट को समय मा फोटो र नाम सहित फेक आईडी बनाइएको छ। उक्त फेक आईडीबाट कसैलाई फ्रेन्ड रिक्वेस्ट आएमा स्वीकार नगर्न तथा कुनै पनि प्रकारका सन्देश (मेसेज) प्राप्त भएमा त्यसको जवाफ नदिन सम्बन्धित पक्षले सर्वसाधारणलाई आग्रह गरेको छ। समाचार तयार पारि दिनु
साथै, सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस्ता फेक आईडीबाट हुने ठगी, भ्रम फैलाउने वा अन्य दुरुपयोगबाट सचेत रहन अनुरोध गरिएको छ। सम्बन्धित निकायमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जानकारी पनि दिइएको छ।
