काठमाडौं । सुनचाँदीको भाउ आज सामान्य बढेको छ । सुन आज तोलामा ८०० रुपैयाँले बढेर तोलाको २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा १ हजार २०० रुपैयाँले घटेर तोलाको २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ५५ रुपैयाँले बढेर तोलाको ४ हजार ४१५ रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलामा १५ रुपैयाँले घटेर तोलाको ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
